नियम
कर तिरेको प्रमाणपत्र दिने

(१) करदाताले ऐन तथा यो नियमावली बमोजिम कर बुझाए पछि कर अधिकृतले अनुसूची–२ मा तोकिएको ढाचाको कर तिरेको प्रमाणपत्र दिनेछ ।
(२) कर तिरेको प्रमाणपत्र पाएका करदाताले अर्को आर्थिक वर्षका लागि कर तिर्नु पर्ने भएमा निजले सवारी साधनको विवरण पुन पेश गर्नु पर्ने छैन र सोही प्रमाणपत्रको आधारमा कर तिर्न सक्नेछ । करदाताले कर बुझाए पछि कर अधिकृतले सो प्रमाणपत्रमा कर बुझाएको व्यहोरा जनाउनेछ ।
(३) कर तिरेको प्रमाणपत्र हराएमा वा नासिएमा करदाताले सो कुरा उल्लेख गरी अर्को प्रमाणपत्रको लागि कर अधिकृत समक्ष निवेदन दिन सक्नेछ । यसरी निवेदन परेमा कर अधिकृतले सो कुरा हेरी ठीक देखेमा निवेदकलाई अर्को प्रमाणपत्र दिन सक्नेछ ।